लिग–२ अन्तर्गत नेपालले क्यानडासँग खेल्दै
काठमाडौं। विश्वकप लिग–२ प्रतियोगिताअन्तर्गत क्यानडामा जारी त्रिकोणात्मक खेलमा आज नेपाल र क्यानडा खेल्दै छन्। नेपाली समयअनुसार राति पौने ९ बजेदेखि खेल सुरु हुनेछ।
Advertisement 1
क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुने खेलमा नेपाल दबाबमा हुनेछ। यसअघि पहिलो खेल क्यानडा र दोस्रो खेल ओमानसँग हारेको नेपाललाई आजको खेल जित्नुपर्ने दबाब हो।
यसअघि नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रन र ओमानसँग १ विकेटले हारेको थियो। लिग–२ मा नेपाल ६ खेलमा एउटा मात्रै जितेको छ। यसअघि नेपाले यही सिरिजमा ओमानसँग खेल्नेछ।
प्रकाशित :२०८१ आश्विन ६, आईतवार १३:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%