भारतमा पहिरोमा परेर ४ जना नेपालीको मृत्यु

काठमाडौं। अविरल वर्षाका कारण भारतमा पहिरोमा परेर ४ जना नेपालीको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार उत्तराखण्डको रुद्रप्रयागको फाटा नजिक पहिरोमा पुरिएर चार नेपाली मजदुरको ज्यान गएको हो।

Advertisement 1

उत्तराखण्ड स्टेट डिजास्टर रिस्पोन्स फोर्स (एसडीआरएफ)ले चारै जनाको शव निकालिएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

देहरादुनको मालदेवतामा राति अबेरसम्म परेको अविरल वर्षाका कारण मानिसको घरमा पानी पसेको थियो। एसडीआरएफले अन्य मानिस लाई सुरक्षित स्थानमा सारिएको पनि बताएको छ।

Advertisement 2

उत्तराखण्डको हिमाली क्षेत्रमा वर्षाका कारण विपद् निम्तिएको छ। धेरै ठाउँमा पहिरो र पहिरोका कारण क्षति भएको छ। केदारनाथ सडकको अवस्था पनि नाजुक छ। साउन ३१ गते परेको अविरल वर्षापछि यो सडक बनाउने काम भइरहेको छ।

बिहीबार अबेर राति फेरि केदारनाथ सडकको फाटा नजिकै पहिरो जाँदा दुर्घटना हुन पुगेको हो।

प्रकाशित :२०८१ भाद्र ७, शुक्रबार १४:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम