नेप्से ६४ अंकले बढ्यो, कारोबारमा नयाँ रकेर्ड

काठमाडौं। सेयर बजार परिसूचक (नेप्से) ६४.२५ अंकले बढेको छ। बुधबार कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गरेको छ। बुधबार २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
Advertisement 1
यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। बुधबार नेप्से २७६०.९० अंक पुगेको छ । १९१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको मूल्य घटेको हो। ५ करोड ९ लाख ६७ हजार ९८१ कित्ता शेयर करोबार भएको नेप्सेले जानकारी दिएको छ।
प्रकाशित :२०८१ श्रावण १६, बुधबार १५:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
















