२ हजार रुपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो।
Advertisement 1
शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि बिहीबार सुनको कारोबार प्रतितोला १ लाख ५१ ह्जार ५ सय रुपैयाँका दरले भएको थियो।
त्यस्तै बुधबार सुनको कारोबार प्रतितोला १ लाख ५१ ह्जार रुपैयाँका दरले भएको थियो। त्यस्तै शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ।
Advertisement 2
बिहीबार प्रतितोला १७ सय ९० रुपैयाँका दरले कारोबार भएको चाँदी शुक्रबार १८ सय १० रुपैयाँका दरले हुने महास३ले जानकारी दिएको छ।
प्रकाशित :२०८१ पुष १९, शुक्रबार १०:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%