युवालाई लक्षित गर्दै हुवावे नेपाल र युनेस्कोको कार्यशाला

काठमाडौं। हुवावे नेपाल र युनेस्ककोले युवालाई लक्षित गर्दै कार्यशाला गरेको छ। ललितपुरको पुल्चोकमा रहेको संयुक्त राष्ट्र संघको कार्यालयमा एआई र ईथिक्ससम्बन्धी संयुक्त रुपमा कार्यशाला गरिएको हो।
Advertisement 1
हुवावेको ‘सीड्स फर द फ्युचर’ कार्यक्रमअन्तर्गत कार्यशाला गरिएको कम्पनीले जानकारी दिएको छ। कार्यक्रममा हुवावे र युनेस्को नेपालका प्रतिनिधिको सहभागिता थियो। त्यस्तै आवेदक ३ सय जनाबाट छानिएका प्रभावशालि ३० जना विद्यार्थीको पनि सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ।
सहभागीहरूलाई व्यावहारिक छलफल र व्यावहारिक सत्रहरूमा एआई नैतिकताबारे पनि छलफल गरिएको थियो। यसले एआई नैतिकताबारे विद्यार्थीको बुझाई फराकिलो बनाउने र जिम्मेवार एआई विकासलाई बढावा दिने अपेक्षा गरिएको हुवावेले जानकारी दिएको छ।
									
										प्रकाशित  :२०८१ असार ६, बिहीबार १६:४८																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

