एनसेलले ल्यायो आकर्षक बोर्डर रोमिङ प्याक

काठमाडौं । एनसेलले आकर्षक बोर्डर रोमिङ प्याक सञ्चालनमा ल्याएको छ । विभिन्न प्रयोजनका लागि छिमेकी देश भारत, चीन र बंगलादेश जाने आफ्ना ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर बोर्डर रोमिङ प्याक सञ्चालनमा ल्याएको हो ।

Advertisement 1

प्याकले ग्राहकलाई यी गन्तव्यको भ्रमणमा जाँदा सुलभ दरमा सहजै सधैं अन बसेरमा सम्पर्कमा रही रहन मद्दत गर्नेछ । प्याक सुचारु गर्ने बितिकै ग्राहकले डाटा प्रयोग सम्पर्कमा रहनका लागि तत्कालै ५०० एमबी बोनस डेटा प्राप्त गर्नेछन् । ग्राहकले यो प्याक करसहित मात्र १०० रुपैयाँमा सुचारु गरी तीन दिनका लागि बोनस डेटा र रोमिङ सेवाको फाइदा लिन सक्नेछन् ।

नयाँ वर्ष २०८१ को अवसरमा संचालनमा ल्याइएको यो प्याक ग्राहकले एष्ट्रिक्स १७१२९ एष्ट्रिक्स ५ ह्यास डायल गरि लिन सक्नेछन् । त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल माध्यममार्फत पनि सुचारु गर्न सकिन्छ । भ्रमणमा जाने ग्राहकले आफ्नो संचार आवश्यकता अनुसार जति पटक पनि यो प्याक किन्न सक्छन् ।

Advertisement 2

यो प्याकले नेपालको सीमावर्ती सहरबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकको रोमिङ सेवाको मागलाई सम्बोधन गर्ने एसनसेल कम्पनीको भनाई छ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानुपर्ने ग्राहकलाई पनि विशेष सुविधा मिल्नेछ । त्यसैगरी व्यापार व्यवसाय, अध्ययन लगायत विभिन्न प्रयोजनका लागि चीन र बंगलादेश जाने थुप्रै ग्राहकलाई पनि यो प्याक महत्वपूर्ण हुने मानिएको छ ।

यो प्याक लिने बितिकै बिना कुनै झन्झट रोमिङ सेवा स्वतः सुचारु हुन्छ । भारतको हकमा ग्राहकले इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन् । यसको मतलब ग्राहकले करसहित मात्र १६.४८ रुपैयाँ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित ६.३४ रुपैयाँमा एसएमएस पठाउन सक्छन् ।

Advertisement 3

चीन र बंगलादेशको हकमा भने ग्राहकले बोनस रोमिङ डेटा प्रयोग सम्पर्कमा रहन सक्छन् र विद्यमान दर र शुल्कमा अन्य सेवा प्रयोग गर्न सक्छन् । एकपटक सुचारु गरेपछि प्याक तीन दिनसम्म मान्य रहन्छ र ग्राहकले आफ्नो बसाइ र सेवा आवश्यकताको आधारमा यो प्याक जाति पटक पनि लिन सक्छन् ।
यो प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्ट पाइन्छ र जुन छिमेकी देश भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु पर्दैन । पछिल्ला वर्षमा रोमिङ सेवा धेरै सहज भएका छन् र ग्राहकका लागि यो सेवा किफायती र झन्झटमुक्त भएको मानिएको एनसेल कम्पनीले जनाएको छ ।

प्रकाशित :२०८१ बैशाख १४, शुक्रबार २३:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry