राष्ट्रपति चुरे कार्यक्रमका जलाधार व्यवस्थापन अधिकृत पाल एक लाख २० हजार घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई कैलाली लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल एक लाख २० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित नियन्त्रणमा लिएको छ ।

Advertisement 1

आयोगका अनुसार स्रोत नखुलेको थप एक हजार पाँच रुपैयाँ पनि उनको साथ भेटिएको छ । पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार नेपालगञ्जबाट पक्राउ परेका पालको विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित :२०८१ बैशाख ५, बुधबार २२:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry