ब्राह्मणहरु पास्टर किन भए ?

सामान्यतया हिन्दु, मुसलमान, शिखहरू आफ्नो धर्म मान्नमै सीमित छन् । उनीहरू चुपचाप आफ्नो धर्म मान्दै आएका छन् । धर्म निरपेक्षताको अर्थ पनि त्यही हो । तर, क्रिश्चियनहरू विश्वव्यापी रूपमा धर्म मान्न मात्रै होइन, व्यापक रूपमा फैलाउनमा समेत ठूलो मात्रामा शक्ति, पैसा र हतियार प्रयोग गरिरहेका छन् ।

Advertisement 1

नेपालमा सुकुम्बासी, गरिब, दलित, जनजाति बस्तीहरूमा क्रिश्चियन साम्राज्यवादले ठूलो संख्यामा चिलहरू पठाएको छ र तिनीहरूले ती बस्तीमा निरन्तर धर्मको शिकार गरिरहेका छन् । क्रिश्चियन साम्राज्यवादकै कारण नेपालमा धार्मिक सहिष्णुता खल्बलिँदै गएको छ ।

धर्म परिवर्तनले हजारौं वर्षदेखि चलिआएका सामाजिक मूल्यमान्यता, संस्कार र सांस्कृतिक धरातलका साथै नेपाली जनताको जीवनशैली र रहनसहनसँग मेल खाँदैन । जबर्जस्ती धर्म परिवर्तनले नेपालको परम्परागत धर्मसंस्कृति, रहनसन, रीतिरिवाजमाथि बलात्कार गरिरहेको छ ।

Advertisement 2

नेपालमा जुनजुन धर्म मान्ने मान्छेहरू छन्, तिनीहरूलाई स्वतन्त्रतापूर्वक आफ्नो धर्म मान्न, धार्मिक सामाजिक कार्यमा संलग्न हुन पूर्ण अधिकार दिइनुपर्दछ । तर, धर्म परिवर्तनलाई कडाइपूर्वक रोक लगाइनुपर्दछ ।

इसाई धर्मका व्यापारीहरूले शिक्षा र स्वास्थ्यको आवरणमा नेपालमा धर्मान्तरण गरेको पाइन्छ । समयक्रममा त्यसले फराकिलो रूप लिँदै गयो । भूकम्प गएपछि क्रिश्चियन साम्राज्यवादका लागि नेपाल स्वर्णभूमिजस्तै बनेको छ । पैसा लिएर आउने विदेशीहरूबाट नेपालको राजनीतिमा समेत सहयोग लिइएको छ ।

Advertisement 3

क्रिश्चियनमार्फत् जनतालाई धर्मान्तरण गराउने, आफूले राजनीतिक फाइदा लिने र पश्चिमा मुलुकमा आफ्नो प्रचार कार्यलाई व्यापक बनाउने काम तत्कालीन माओवादीले गरेको थियो । माओवादीहरूले एकातिर मन्दिरहरू भत्काउने र अर्कातिर चर्चहरू निर्माणका लागि वातावरण बनाउने काम गरे । बाहुनहरूका टुप्पी काट्ने, किरियापुत्रीहरूलाई किरिया गर्न नदिने गरेका माओवादीहरूले क्रिश्चियन धर्म प्रचारलाई भने रोक लगाएका थिएनन् । नेपालको संविधानको धारा ४ मा धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्मसंस्कृतिको संरक्षणलगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्दछ भनेर स्पष्टिकण दिइएको छ । तर, व्यवहारमा धर्म निरपेक्षता भनेको धर्म परिवर्तन हो भन्ने भएको छ ।

क्रिश्चियनहरूले धर्म परिवर्तनका क्रममा आफ्नो धर्मको प्रचार मात्रै गर्दैनन् कि बौद्ध र हिन्दु धर्मको व्यापक विरोधसमेत गर्ने गर्दछन् । उनीहरूले बौद्ध र हिन्दुहरूलाई ‘सैतान’ भन्ने गर्दछन् ।नेपालमा व्यापक मात्रामा भइरहेको धर्म परिवर्तनले मूलतः हिन्दुहरूलाई उत्तेजित बनाएको छ । धर्म निरपेक्षता ल्याइनुको प्रमुख उद्देश्य क्रिश्चियन धर्म परिवर्तनका लागि रहेछ भन्ने बुझाइ हिन्दु धर्मका विद्वान्, अगुवा र सर्वसाधारणमा समेत रहेको छ ।

व्यवहारमा त्यस्तै देखिएको पनि छ । मूलतः हिन्दु धर्म मान्ने दलितहरू र बौद्ध धर्म मान्ने गरिब तामाङ र किराँत धर्म मान्ने राई, लिम्बूहरूलाई धर्म परिवर्तन गराएर तिनीहरूका मौलिक धर्म संस्कार र संस्कृतिमाथि हमला गरिएको छ । चेपाङ बस्तीका परम्परागत पूजाआजाहरू समाप्त भएका छन् भने तिनीहरूका सदियौंदेखिका मन्दिरहरू प्रयोगहीन भएर भत्किइसकेका छन् । बढ्दो धर्म परिवर्तनले हिन्दुहरूलाई उत्तेजित बनाएको त छ नै, नेपालमा रहेका कैयौं मुस्लिम संघसंस्थाहरूले समेत हिन्दु राष्ट्रको वकालत गरिरहेका छन् ।

तर, हिन्दु धर्मका रक्षक तथा गुरुनै मानिन ब्राह्मणहरु नै आज धमाधम इसाई धर्म लागेर पास्चर भएका छन् । आखिर किन ती मध्य निम्न हिन्दूबाट इसाई धर्ममा परिवर्तन हुदै फैलाउदै नेपालमा धर्म परिवर्तन गर्न लागेका कोही बाहुन पास्चरहरू हुन् ।
१. पास्टर क्रिस काफ्ले
२. युसुफ शर्मा
३. जीवन शर्मा
४. रेभ ड. बिशप नारायण शर्मा
५. पास्टर दया शर्मा
६. सामुयल शर्मा
७. हेम चन्द्र शर्मा
८. सुदास शर्मा
९. प्रिन्स शर्मा
१०. शुभाष शर्मा
११. जोयल काफ्ले
१२. दान पोख्रेल
१३. कुमार पोख्रेल
१४. गोपाल रेग्मी
१५. बिष्णु रेग्मी
१६. केशव आचार्य
१७. बिकास आचार्य मासे
१८. भरत भट्टराई
१९. चेत राज जोशी
२०. पदम भट्टराई
२१. महेन्द्र भट्टराई

प्रकाशित :२०७७ चैत्र ६, शुक्रबार १३:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry