बीपी राजमार्गमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
बीपी राजमार्गमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
Advertisement 1
बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–३ बोहोरेटारमा सोमबार बिहान बा.प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ बस्ने २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए ।
Advertisement 2
बस र चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।
प्रकाशित :२०८० पुष ९, सोमबार १०:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%