सुन तस्करी जाँचबुझ आयोगमा थपिए चार जना

सरकारले सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगमा चारजना सदस्य थपेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित द्वितीय श्रेणी, सरकारी वकिल, राजपत्राङ्कित  द्वितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र राजपत्राङ्कित  तृतीय डाटा एनाइलाइटिस्ट जनशक्ति थप गर्ने निर्णय गरेको हो ।

Advertisement 1

सदस्यहरूको नाम भने खुलाइएको छैन ।असोज १४ गते बसेको क्याविनेट बैठकले पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको थियो । पूर्व सहसचिवद्वय किशोरजंग कार्की, प्रेमराज जोशी र पूर्वएआइजी सहकुल थापा आयोगका सदस्य छन् ।

क्याविनेट बैठकले विद्युतीय सुशासन आयोगमाको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

Advertisement 2

त्यस्तै, प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४ दशमलव ४६५ मिलियन (करिव ६५ करोड नेपाली ) अनुदान क्याविनेटले स्वीकृत गरेको छ ।

यस्तै आज बसेको क्याविनेट बैठकले नेपाली सेनाको उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ ।

प्रकाशित :२०८० मंसिर ७, बिहीबार १३:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry