१३ करोड हिनामिनाका अभियुक्त २ लाख धरौटीमा रिहा

सम्पत्ति हिनामिना कसुरमा पक्राउ परेका मनोजकुमार भेटवाल एक लाख ९० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । उनलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।

Advertisement 1

भेटवालसँगै पक्राउ परेका बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पनि धरौटीमा छुटेका छन् । ४० करोड भन्दा बढी सम्पत्ति हिनामिना भएकोमा भेटवालसँग १३ करोड २६ लाख विगो माग दाबी गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई १० वर्ष कैद सजायको समेत माग दाबी गरेर फागुन अन्तिम साता विशेष अदालतमा मुद्दा दायर गरेको हो ।४० करोड भन्दा बढी सम्पत्ति हिनामिना भएकोमा भेटवालसँग १३ करोड २६ लाख विगो माग दाबी गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई १० वर्ष कैद सजायको समेत माग दाबी गरेर फागुन अन्तिम साता विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक भेटवालले ४ करोड ६० लाख ४२ हजार ८५० रुपैयाँको अवैध कारोबार गरेको राजस्व अनुसन्धान विभागको निष्कर्ष थियो ।

Advertisement 2

प्रकाशित :२०७७ चैत्र ३, मंगलवार १२:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry