चानचुने हो मन्त्रीको अवैतनिक सल्लाहकार पो

लाहुरेको भन्दा गुण्टाको फुरफुर बढी’ भन्छन् नि । सिके राउतको जनमत पार्टीबाट मन्त्री बनेकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीको इज्जत, प्रतिष्ठा, मर्यादालाई गुण्टाको फुरफुर’ ले कुरा बिगार्दैछ ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवीको अवैतनिक सल्लाहकार बुद्धि न्यौपाने ले जनप्रतिनिधिलाई थर्काएको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ ।

केही दिन अघि उनले अवरुद्ध बाटो सुचारु गराउने सम्बन्धमा जनप्रतिनिधिलाई टेलिफोनबाटै थर्काएको भिडियो अहिले सामाजिक सञ्जालमा छरपष्ट भएको छ । उनै न्यौपानेले मन्त्रालय र मन्त्रीको नाम लिँदै जनप्रतिनिधिलाई थर्काएको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा छरपष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएको ६ दिन पछि नै मन्त्री साहले आफ्नो अवैतनिक सल्लाहकार रुपमा मन्त्रालयमा भित्र्याइएकी छिन्,बुद्धि न्यौपानेलाई । उनै बुद्धिले सडक छेउमा राखिएको सवारीसाधनमा नगर प्रहरीले व्हिल लक लगाएपछि जनप्रतिनिधिहरुलाई हकारेका हुन ।

Advertisement 2

यातायात व्यवसायीहरुले फिक्कल–पशुपतिनगर सडक खण्ड अवरुद्ध गरेसँगै न्यौपानेले जनप्रतिनिधिलाई फोनबाटै हकारेका भिडियो सामाजिक सञ्जालमा छरपष्ट भएको छ । सडक छेउमा रोकेर राखेका सवारी साधन सूर्योदय नगर प्रहरीले बाटो छेउमा राखिएको इलामको उत्तरी क्षेत्र माईजोगमाईका गाउँगाउँमा जाने सवारीसाधनमा लक लगाएका थिए ।
सो को विरोधमा व्यवसायीहरुले सडक बिचमा गाडी तेस्र्याएर विरोध गरेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सल्लाहकार वुद्धिराज न्यौपानेले उपप्रमुख दुर्गाकुमार बराललाई फोन सम्पर्क गरी हकारेको भिडियोमा सुन्न पाइन्छ ।

जनमत पार्टीबाट मन्त्री बनेकी अनिता देवी साहले आफ्नो अवैतनिक सल्लाहकारका रुपमा काग्रेसका स्थानीय तहका सभापतिलाई भित्र्याएसँगै मन्त्रालयले गर्ने सरुवामा ट्रेड युनियनवालाहरु हावी हुन थालेपछि सामान्य प्रशासनले गर्ने सरुवा भद्रगोल देखिएकै थियो ।

Advertisement 3

अनिताले सल्लाहकारको रुपमा भित्र्याएका न्यौपाने झापा कमल गाउँपालिका नेपाली कांग्रेसका सभापति हुन । ०६४ को अन्तरिम सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौलाका स्वकीय सचिव थिए । पछि विवादमा परेपछि हटाइएका थिए । गत भदौं ३ गते नै उनीमन्त्रीको सल्लाहकारको रुपमा नियुक्त भएका हुन । उनलाई दिइएको नियुक्ति पत्रमा भनिएको छ,तपाईलाई मेरो सचिवालयमा आवश्यक सल्लाह,सुझाव र सहजीकरण गर्न अवैतनिक सल्लाहकारको रुपमा नियुक्त गरेको छु । मेरो प्रत्यक्ष निर्देशनमा र समन्वय गरी इमान्दारीपूर्वक आफ्नो दायित्व पूरा गर्न कुरामा विश्वाश लिएको छु ।

पछिल्लो समय नियम कानुन अनुसार मिल्दै नमिल्ने सरुवा समेत भइरहेको छ । यी सरुवामा उनै बुद्धिको नाम मुछिदै आएको छ ।

प्रकाशित :२०८० कार्तिक १५, बुधबार १३:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry