एडीडाज ब्रान्डका सामान आयातकर्ताविरुद्ध राजस्व छलीमा मुद्दा
![](https://ekarmachari.com/wp-content/uploads/2023/02/rajaswa-anusandhan-bibhag_JcAj9xnc1H.png)
व्यापारीहरूले राजश्व ठगी गर्न केसम्म गर्न पछि पर्दैनन् । कानुनी र गैरकानुनी सबै काम गर्न सक्छन् व्यापारी भन्ने कुरा हालै गरिएको एक अनुसन्धानले खुलासा गरेको छ।
Advertisement 1
यस्तै राजश्व छल्न पल्केको कम्पनी हो एडीडास व्राण्डको समान आयातकर्ता रुट्स फेसन । राजश्व अनुसन्धान विभागले उक्त कम्पनीविरुद्ध राजश्व छलीको मुद्धा चलाएको हो ।
रुट्स फेसनले आयात गरेर वीरगन्ज भन्सारबाट भित्र्याएको जुत्ता, तयारी पोसाक लगायतका सामानको न्यून मूल्याङ्कन गरेर ४ करोड ३७ लाख राजश्व छली गरेको भन्दै उक्त रकम माग दाबीसहित उच्च अदालत पाटनमा आइतबार मुद्दा दायर भएको छ ।
ञ्जीव तुलाधर, देवेन्द्रप्रसाद श्रेष्ठ, सुनिल महर्जन र प्रकाश रत्न कंशाकारसमेतलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित ऐ।को दफा ४ (क) र ( झ) बमोजिम मुद्धा दायर गरिएको विभागले जनाएको हो ।
Advertisement 2
विभागले सामान आयात गर्दा सरकारलाई नियमअनुसार भन्सार महसुल, मूल्य अभिवृद्धि (भ्याट) नबुझाएकोले आयातित सामानको बिगो २ करोड १८ लाख ५२ हजार ७ सय ७० कायम गरी सोही रकमको शतप्रतिशत जरिवानासमेत ४ करोड ३७ लाखको माग दाबीसहित उच्च अदालतमा रिट दायर गरेको हो । विभागले आयतकर्तालाई जेल सजायको माग मुद्दाको आरोपपत्रमा गरेको छ । ऐन अनुसार ठहर भएमा १ देखि ३ वर्षसम्म जेल सजाय हुन सक्नेछ । उक्त सामान गत वैशाखमा विभागमा दाखिला गरिएको थियो ।
राजस्व अनुसन्धान विभागले भाद्र महिनामा राजस्व चुहावटको कसुरमा विभिन्न अदालतमा आठ करोड छपन्न लाख एक हजार दुई सय छयासी कायम गरी अभियोग दायर गरेको छ । राजस्व अनुसन्धान विभागले तथ्यमा आधारित रहि अनुसन्धानलाई जोड दिएको विभागका महानिर्देशक नवराज ढुंगानाको भनाई रहेको छ ।