नेकपा नाम विवादको फैसला आज हुँदै


सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कसको हो भन्ने बिषयको विवादको निर्णय आइतबार सुनाउने भएको छ।

Advertisement 1

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन २० गते बिहीबार निर्णय सुनाउने मिति तय गरेको भएपनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा उक्त दिन शोक विदा परेकाले आज उक्त विवादको निर्णय सुनाउन लागिएको हो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते दर्ता गरेको रिट दर्ता गरेका थिए।

आजवाट प्रतिनिधि सभाको हिउँदे अधिवेशन पनि सुरु हुँदै छ । निर्वाचन आयोगले नेकपाको आधिकारीकता टुङ्गोमा पुर्‍याउन सकेको छैन। यो अवस्थामा हुन लागेको फैसलाई चासोका साथ हेरिएको छ। सर्वोच्चले अब नेकपा नाम कसको हुने भन्ने फैसला गर्ने छ। यदि सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुनेछ।

Advertisement 2

सर्वोच्चले नेकपा नाम सत्तारूढ दलको पक्षमा हुनुपर्ने भनी गरेको निर्णयसमेत लिखित रुपमा सर्वोच्चमा पेश गर्न भनेको छ। एकीकृत पार्टीलाई पनि किन नेकपा नै राखिएको भनी सर्वोच्चले जवाफ माग गरेको थियो।

प्रकाशित :२०७७ फाल्गुन २३, आईतवार ०८:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry