आर.वि.वि.सेक्युरिटिज कम्पनीलाई धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आर.वि.वि.सेक्युरिटिज कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले सिमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ ।
Advertisement 1
२० करोड रुपैंया चुक्तापुँजी रहेको सेक्युरिटिज कम्पनीले नेपाल स्टक एक्स्चेन्जको सदस्यता प्राप्त भएपश्चात् निकट भविष्यमा नै स्टक ब्रोकरको कारोबार सुरु गर्नेछ । हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको धितोपत्र दोस्रो बजारको कारोबारलाई ग्रामिण क्षेत्रमा समेत आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि पँुजी बजारको सेवा लिन सकिने विश्वास गरिएको छ । यसअघि बैंकले मर्चेन्ट बैंकिङ्ग सम्बन्धी कारोबार गर्नका लागि सहायक कम्पनीको रुपमा आर.वि.वि.मर्चेन्ट बैंकिङ्ग लिमिटेडको स्थापना गरी मर्चेन्ट बैंकिङ्गको सेवा प्रदान गरिरहेको बैकले जनाएको छ ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।