सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती, महानिरीक्षक अर्यालबाट दज्र्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा साउन १४ गते एक कार्यक्रमका बीच हालै पदोन्नती हुनुभएका अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।
Advertisement 1
नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको साउन ११ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समुह, स्वास्थ्यतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक ४ जना, साधारण समुह, लेखा उपसमूहतर्फ ५ जना र साधारण समुह, कानून उपसमुहतर्फ १ जना सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती हुनुभएका साथै अवकाश पूर्व विशेष बढुवा हुनुभएका १ जनालाई सशस्त्र प्रहरी नायव उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।
महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै आगामी दिनहरुमा कार्यसफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । उहाँले आ–आफ्नो पदिय जिम्मेवारी र ट्रेड अनुसारको उत्कृष्ट कार्यसम्पादन गर्न तथा आर्थिक अनुशासनमा रहि जिम्मेवारी निर्वाहमा लाग्न निर्देशन दिनुहुँदै संगठनमा आवद्ध कर्मचारीहरुको बृत्तिविकासको लागि संगठनले सुधारात्मक कार्यहरु गरिरहेको बताउनुभयो ।
Advertisement 2
यसैगरी उहाँले जीवनको लामो र स्वर्णिम समय अनवरत रुपमा राष्ट्रसेवामा व्यथित गरी विशेष बढुवा भई अवकाश हुन लाग्नु भएका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश कुमार सिंहलाई आगामी जीवन सुखमय रहोस भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ तथा सिनियर अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।