सन्तनेताको उपाधि इतिहासमा अमिट रहने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’को उपाधि कहिल्यै ननाशिने बताएका छन्।

Advertisement 1

कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आज नखिपोटमा आयोजना गरेको सन्तनेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा उनले स्वतन्त्रताका लागि नेता भट्टराईले गरेको योगदानको सम्मानस्वरूप उनलाई नेपाली जनताले ‘सन्तनेता’को उपाधि दिएका बताए।

सभापति थापाले पार्टीको अधिवेशनमा ३० वर्षभन्दा कम उमेरका युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने नीतिगत व्यवस्था गरिएको जानकारी दिए।

Advertisement 2

उनले प्रदेशमा ३ वट ठूला दल मिलेर सरकार गठन गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे।

प्रकाशित :२०८३ श्रावण ३, आईतवार १३:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry