स्वदेशमै रोजगारी सिर्जना गर्नु छ : मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देशभित्रैको स्रोतरुसाधनको उपयोग गरेर रोजगारीको सिर्जना गर्नुपर्ने बताए । युवालाई देशभित्रै बस्न बाध्य बनाउने गरी काम गर्नुपर्ने बेला आएको उनको जोड थियो ।

Advertisement 1

सङ्घीय संसद्, प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले भने, “युवालाई विदेश नजाउ, अहिलेदेखि नै काममा लाग, रोजगारीमा लाग, उद्यमशील बन भन्ने कार्यक्रम मन्त्रालयसँग छ भनेर जान सकियो भने केही मात्रामा सुधार आउन सक्छ, त्यसका लागि मन्त्रालय प्रयासरत छ ।”

आफूले खेलाडीको जीवन बीमा गराएर सुरक्षित महसुस गराउन प्रयास गरिएको बताउँदै मन्त्री लिम्बूले भने, “खेलाडीले १०–१५ वर्ष रगत पसिना बगाएर खेलेको हुन्छ, तर खेलबाट फर्किँदै गर्दा भविष्य नदेखिसकेपछि विदेशतिर पलायन हुन्छ, खाडी मुलुक जाने अवस्था छ, त्यसैले यो विषयलाई स्वरोजगार कोषअन्तर्गत व्यवसायमा लाग्न चाहने खेलाडीलाई सहयोग गर्ने योजना अगाडि बढेको छ ।”

Advertisement 2

राम्रो नीति बनाउन सकेको खण्डमा त्यसले राम्रो खालको परिणम दिने विश्वास व्यक्त गर्दै उनले भएको स्रोत सञ्चालन गर्नेमात्रै भन्दा पनि अन्य स्रोत जुटाउनेतर्फ पनि मन्त्रालय लागिरहेको बताए । राष्ट्रिय खेलकुद परिषद्ले सबै कार्यक्रम गरे पनि प्राविधिक जनशक्ति कम भएका कारण बजेट कार्यान्वयन गर्न नसकिएको उनले स्वीकार गरे ।

ध्रुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालालाई सहयोग गर्ने मन्त्रालयको योजनामै रहेको उनको जवाफ छ । खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून भएका कारण पनि धेरै काम गर्न नसकिएको जवाफ दिए ।

Advertisement 3

समितिका सदस्य सरिता भुसाल, सुमना श्रेष्ठ, भानुभक्त जोशी, दीपा शर्मा, विद्या भट्टराई र प्रभु हजाराले अबका युवालाई देशभित्रै बस्ने वातावरण सिर्जना हुने गरी युवा तथा खुलकुद मन्त्रालयले रोजगारमूलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित :२०८० असार २८, बिहीबार २१:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम