खुसीको खबर :- घट्न थाल्यो कोरोना संक्रमण र मृत्युदर

पछिल्लो दिनका कोरोना संक्रमितको संख्या लगातार ओरोलो लाग्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जेठ १ गते ८ हजारभन्दा बढी संक्रिय संक्रमित पृष्टि भएकोमा १५ दिनको अन्तरालमा सो संख्या ५० प्रतिशतले घटेको छ । पछिल्लो ४ दिनमा कोरोना संmत्रमितको संख्या ह्वात्तै घटेको छ । गत ११ जेठ मा ८६३६ संक्रमितरहेकोमा १२ जेठमा ६७४१ संक्रमित थिए । यस्तै १३ ६९३९ मा संक्रमण पृष्टि भएकोमा जेठ १४ मा ६९५१ संक्रमित थपिएका थिए भने हिजो अर्थात शनिवार – ४४८७ संक्रमित थपिएकामा आज ४ हजार ३६९ जनालाई कोरोना संक्रमण पृष्टि भएको हो ।

Advertisement 1

यस्तै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि निरन्तर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा १०९ जनाको ज्यान गएको छ । पछिल्ला दिनमा संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढी छ । आज ६ हजार २०५ जना भने कोरोनामुक्त भएका छन् । यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो चौविस घण्टामा १०९३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकाको तीन जिल्ला मध्ये काठमाडौंमा ८०४, भक्तपुरमा ११३ र ललितपुरमा १६८ गरी १०९३ जनामा कोरोना पुष्टि भएको हो ।

प्रकाशित :२०७८ जेष्ठ १६, आईतवार १८:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry