भोली पेशागत महासंघ र राष्ट्रिय कर्मचारी महासंघबीच एकता,संयोजक प्याकुरेल,सह संयोजकमा स्वार र खनाल

पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच एकता हुने भएको छ । भोली अपरान्ह १ बजे कार्की व्यांकेट बबरमहलमा नेकपा (बहुमत)का अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालको प्रमुख आतिथ्यमा दुई संगठनबीच एकता घोषणा सभा कार्यक्रम तय भएको छ ।

Advertisement 1

दुवैतिरबाट संयोजक र संहसंयोजक समेत टुंगो लागिसकेको छ । भोली हुने एकता घोषणा सभाले पेशागत महासंघ नेपालको कमाण्ड गर्दै आएका विश्वनाथ प्याकुरेल संयोजक घोषणा गर्नेछ भने सह संयोजक महोनमान स्वार र प्रेमलकुमार खनाल रहनेछन् । झण्डै २ सय सदस्यीय कमिटि गठन गर्ने तयारी चल्दैछ । सो कार्यक्रममा पेशागत आन्दोलनको मूल प्रवाह समाहित २५ सयभन्दा बढी कर्मचारी कार्यक्रममा उपस्थित हुने आयोजकले जनाएका छ ।
२०५४ सालमा एमाले–माले विभाजन हुँदासमेत नफुटेका पेशागत संघ–संगठनहरु विभाजन गर्न ओली नेकपा अग्रसर भएसँगै प्रचण्ड माधव नेपाल पक्षधरहरुले यो तयारी थालेका हुन् । गत २४ माघमा कार्की ब्याङ्क्वेटमा सत्तापक्ष नेकपानिकट कर्मचारीलगायत पेशाकर्मीहरुको भेलाले बाबुराम थापाको अध्यक्षतामा कमिटी गठन गरी पेशागत महासंघलाई औपचारिकरुपमा विभाजन गरिएको छ । स्मरण रहोस थापा थापा पेशागत महासंघको अध्यक्षमा २ पटकसम्म भारी मतले पराजीत भएका व्यक्ति हुन् । ओलीले २ पटक हारेका थापालाई यो पटक टीका लगाएर अध्यक्ष सुम्पिएको छ ।

पेशागत महासंघमा नेपाल निजामती कर्मचारी संगठन, शिक्षक संगठन, स्थानीय निकाय कर्मचारी संघ, बैंक तथा वित्तीय संस्था कर्मचारी संघलगायतका २५ वटा घटक छन् । यी २५ वटै घटकमा प्रचण्ड–माधव पक्षको बाहुल्यता रहेको उनीहरुको दावा छ ।
यसैबीच नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरे,नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)का नेता हरि रावलहरुले भोली हुने एकता घोषणा सभामा सम्पुर्ण पेशाकर्मीलाई उपस्थितिको आमन्त्रण गरेका छन् । प्रतिगमनका विरुद्धमा एकजुट भै पेशागत संगठन बिभाजनका विपक्षमा मत जाहेर गर्न उनीहरुले सम्पूर्ण सम्पूर्ण पेशाकर्मीलाई आह्वान गरेका हुन् ।

प्रकाशित :२०७७ फाल्गुन १६, आईतवार १६:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry