कपिलवस्तुमा भन्सार छली, सशस्त्रको नियन्त्रण सँधैभरी

सशस्त्र प्रहरी बल २८ नम्बर गण कपिलवस्तुले लत्ता कपडा बरामद गरेको छ ।

Advertisement 1

आज असार ७ गते विहान ०७ः ४० मा कपिलवस्तु कृष्णनगर नगरपालिका ५ डबरा स्थित भारतबाट अवैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको लत्ता कपडा नियन्त्रणमा लिएको हो ।

अन्दाजी १ लाख २ हजार २ सय बराबरको लत्ता कपडाहरु सशस्त्र प्रहरी उपरीक्षक रमेश थापा मगरको ७ जनाको टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २८ नम्बर गणले जनाएको छ । उक्त लत्ता कपडा नियन्त्रणमा लिई गुल्ममा ल्याई राखेको र भन्सार बुझाउने प्रक्रियामा
रहेको छ।

प्रकाशित :२०८० असार ७, बिहीबार १६:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry