कांग्रेसबाट कुन मन्त्रालयमा को ?

सत्ता गठनबन्धनमा मन्त्रालयहरूको भागबन्डा अनुसार नेपाली कांग्रेसले ८ मन्त्रालय पाउने टुंगो लागेको छ । जसअनुसार,काँग्रेसले रक्षा,अर्थ,परराष्ट्र,सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने टुंगो लागेको छ ।

Advertisement 1

कांग्रेसले अर्थमा प्रवक्ता प्रकाशशण महत, सहरीमा एनपी साउद, सामान्य प्रशासनमा धनराज गुरुङ, स्वास्थ्यमा मोहन बस्नेत, कानुनमा डिगबहादुर लिम्बु र भूमि व्यवस्थामा सीता गुरुङलाई पठाउने भएको छ ।उपसभापति खड्का र नेता रमेश रिजाल मध्ये परराष्ट्र र रक्षा मन्त्रालय कसले सम्हाल्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन । उपप्रधानसहित परराष्ट्र वा रक्षा मध्ये एउटा मन्त्रालय लिएर खड्का सरकारमा सहभागी हुने छन् ।

नेकपा एकीकृत समाजवादीबाट वेदुराम भुसालसहित प्रकाश ज्वाला मन्त्री बन्दैछन् । समाजवादीलाई वन तथा वातावरण र भौतिक पूर्वाधार मन्त्रालय पाउने टुंगो लागेको छ ।

Advertisement 2

त्यस्तै नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।

प्रकाशित :२०७९ चैत्र १६, बिहीबार १९:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry