अधिकृत सरुवाको टिप्पणी फाइल कप्रका हाकिमले च्यातेपछि …

संघीय मामिला तथा सामान्य प्रशासन कर्मचारी फाँटका हर्ताकर्ता कमल भट्टराईले अधिकृत सरुवाको फाइलै च्यातेर चार टुक्रा पारेपछि मन्त्रालयमा बबाल मच्चिएको छ ।
अस्ति आइतबार अधिकृत सरुवाको टिप्पणी फाइल चार टुक्रा पारेर भक्तपुर निवासतिर लम्किएपछि कप्रका हाकिम कमलका बिषयमा मन्त्रालयमा अनेकन चर्चा भएको मन्त्रालय स्रोतले इकर्मचारी डटकमलाई जानकारी दिएको छ ।

Advertisement 1

संघतर्फका अधिकृतहरुको सरुवाको टिप्पणी फाइल उठेकोमा उक्त फाइल सहसचिव कमलले चार टुक्रा पारेका मन्त्री अमनलाल मोदीको सचिवालयका कर्मचारीहरुले जनाएका छन् ।

मन्त्रीको सचिवालयले उठाएको सरुवाको टिप्पणी फाइल चार टुक्रा पारेको टुक्रा मन्त्रालयका एक जना अधिकृतले मन्त्री अमनलाल मोदीलाई लगेर देखाएका थिए ।
सरुवाको लिष्ट च्यातिएको देखे पछि मन्त्री अमनलाल मोदीले सचिव कृष्णहरि पुष्करलाई बोलाएर त्यस बिषयमा जानकारी मागेको सामान्य प्रशासन स्रोतको भनाई छ ।

Advertisement 2

त्यो सरुवाका सूचीमा मन्त्रीका सचिवालयमा बसेका कर्मचारीदेखि सहयोगीहरुसम्मको नाम समावेश थियो । सोही नाममा आपत्ति जनाउँदै कमलले सूची च्यातिदिएको सामान्य प्रशासन स्रोतले जनाएको छ ।

कमललाई सचिव पुष्करको जोडबलमा संघीय मामिला तथा सामान्यको कर्मचारी प्रशासनमा भित्राइएको थियो । सरुवाको टिप्पणी फाइल च्यातेको बिषयमा कमलसँग जिज्ञासा राख्दा ‘आफूले टिप्पणी फाइल नच्यातेको’ प्रतिक्रिया दिएका छन् ।

प्रकाशित :२०७९ फाल्गुन १६, मंगलवार १७:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry