गोरखा र बागलुङ सिडिओविहीन

सरकारले सहसचिव र उपसचिवसहित एकैपटक ७० जना कर्मचारीको सरूवा गरेको दुई साता बितिसक्दासमेत बागलुङ र गोरखामा प्रमुख जिल्ला अधिकारीविहीन बनेको छ । गोरखामा यतिखेर सिडिओ सहायक प्रमुख जिल्ला अधिकारी दुवै छैनन् ।

Advertisement 1

१२ माघमा तत्कालिन प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य सरुवा भई कपिलवस्तु पुगेर कार्यभार सम्हालिसकेका छन् । तर गोरखामा नयाँ सिडिओ आएका छैनन् ।दुई जिल्लाले नपठाउँदा सेवाग्राही मर्कामा परेका छन् ।

माघ ६ गते गृहले निकालेको सरुवा सूचीमा सिरहका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी गोरखा सरुवा भएको उल्लेख थियो । तर उनलाई गृहले मन्त्रालयमै तानेपछि गोरखामा नयाँ सिडिओ खटिएका छैनन् । अहिले शाखा अधिकृत गणेश भट्टराईले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका छन् ।सहायक प्रमुख जिल्ला अधिकार चित्राङ्गत बराल ११ माघमा पर्वतमा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका थिए । गोरखा सरुवा भएका पुष्कर राना पनि मंगलबारसम्म जिल्लामा हाजिर भएका छैनन् ।

Advertisement 2

त्यस्त बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई धादिङ सरूवा गरिए पनि बागलुङमा अहिलेसम्म प्रमुख जिल्ला अधिकारी सरूवा गरेर पठाइएको छैन । बागलुङबाट सरूवा भएका ढकाल जिल्ला बाट बिदा भएर धादिङ गएपछि प्रमुख जिल्ला अधिकारीले गर्ने प्रशासनिक काम ठप्प छ । भूतपूर्व भारतीय सेनामा कार्यरत ब्यक्तिहरूको पेन्सनका कागजातसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी नहुँदा रोकिन पुगेको छ ।सेवा ग्राहीलाई तत्काल छिटोछरितो सेवा दिने भनेर प्रचारप्रसार गरेको गृह प्रशासनले आजसम्म किन प्रमुख जिल्ला अधिकारी खटाउन सकेन भनेर जनताले प्रश्न गर्न थालेका छन् ।

प्रकाशित :२०७९ माघ १९, बिहीबार ०९:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry