भ्रष्टचारको आरोपमा विप्लवका कार्यकर्ताले दले कर्मचारीलाई मोसो र लगाइदिए जुत्ताको माला

विप्लवका कार्यकर्ताहरुले कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले भ्रष्टाचार गरेको आरोप लगाउँदै शिक्षा विकास समन्वय इकाई समिति सोलुखुम्बुका सब– इञ्जिनियर पवनकुमार यादवमाथि हातपात र दुर्व्यवाहर गरेका हुन्
विद्यालय भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका कार्यकर्ताहरुले आज दिउँसो यादवलाई कालोमोसो दलेर जुत्ताको माला लगाउनुका साथै हातपातसमेत गरेका हुन् ।
Advertisement 1
गाउँपालिका अन्तरगतका विद्यालय भवन निर्माण गर्दा ४ लाख १० हजार रकम भ्रष्टचार गरेको र रकम फिर्ता गर्न अनुरोध गर्दा अटेर गरेकाले यादवसहित अर्का इञ्जिनियर नविन कुमार सिंहलाई कारवाही गरेको क्रान्तिकारीले बताएको छ ।
Advertisement 2
क्रान्तिकारीले महकुलुङ गाउँपालिकाअन्तर्गत विद्यालय भवन निर्माण गर्दा यादवले व्यापक भ्रस्टाचार गरेको पुष्टि भएकाले कारवाही गरेको बताएको छ ।
कारवाहीपछि जारी गरेको वक्तव्यमा यादव र सिंहले महाकुलुङ गाउँपालिकाको कैलाश प्राविबाट १ लाख ९० हजार, पेल्माङ माविबाट ५० हजार, बाखोर निमाविबाट एक पटक ३५ अर्को पटक २५ हजार गरि कुल ६० हजार, चेपेल निमाविबाट ३५ हजार र खिरौले निमाविबाट ७५ हजार कमिशन खाएको उल्लेख गरिएको छ ।
Advertisement 3
रकम फिर्ताका लागि पटक(पटक गरिएका आग्रह नमानेको र संगठनविरुद्ध षड्यन्त्र र सुराकी गरेकाले कारवाही गर्न वाध्य भएको विज्ञप्तिमा भनिएको छ ।