भ्रष्ट्राचार आरोपित २ कर्मचारीसहित ६ को तक्मा रद्ध,सिफारिसकर्तालाई चाँहि सुनपानी
पूववर्ति सरकारले प्रदान गरेको ६ जनाको विभूषण प्रचण्ड सरकारले रद्ध गरेको गरेको छ ।
Advertisement 1
गृह मन्त्रालय अन्तर्गतको विभूषण शाखाको सिफारिसमा उनीहरूको विभूषण रद्द गर्ने निर्णय क्याविनेटले गरेको हो । सरकारले दुई व्यवसायी,एक नेतासहित दुई शिक्षक,दुई कर्मचारी रहेका छन् । विभूषण रद्ध भएकाहरुमा उद्योगी पशुपति मुरारक्का र व्यापारी चिराग गोयल रहेका छन् ।
यस्तै सशस्त्रका असइ थमन विकको हत्या अभियोग खेपिरहेका सांसद सांसद लक्ष्मी महतो कोइरी र शिक्षकद्धय हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठका साथैं कर्मचारी शेरबहादुर श्रेष्ठ, नविन पौडेल नेपालको विभूषण रद्ध गर्ने निर्णय अघिल्लो साता बसेको क्याविनेटले गरेको हो ।
Advertisement 2
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका मुरारकाविरुद्ध खानी दोहनको मुद्धा विचराधिन छ । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७८ माघ १२ गते ४९ करोड ४५ लाख ५१ हजार ६ सय ४५ रुपैयाँ बिगो र २ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको छ ।
सांसद कोइरीमाथि सशस्त्रका असई थमन विक हत्या अभियोग मुद्धा चलिरहेको छ । उनी फरारको सूचीमा छन् ।
Advertisement 3
विभूषण रद्द भएका भिमोदय नमूना माबी चितवनका शिक्षक डा हरिप्रसाद कँडेल र जननमुना माबी सुर्खेतको शिक्षक यामबहादुर श्रेष्ठ पनि भ्रष्टाचार आरोपमा अनुसन्धानको दायरामा छन् । उनलाई पनि प्रवल जनसेवाश्री दिने घोषणा गरिएको थियो ।
प्रवल जनसेवाश्री पाउने सूचीमा रहेका कर्मचारी शेरबहादुर श्रेष्ठको पनि रद्द गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यलय सुर्खेतमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको भन्दै उनीमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनीहरुको तक्मा रद्ध गरिए पनि सिफारिसकर्तामाथि भने कुनै कारवाही गरिएको देखिदैन ।