प्रथम दन्त सामग्री व्यापार मेला शुक्रबारदेखि

शुक्रबारदेखि नेपाल दन्त सामाग्री÷वितरक सङ्घ र नेपाल डेन्टल एसोसियसनको सहकार्यमा प्रथम दन्त सामग्री व्यापार मेला तथा सम्मेलन सुरु हुने भएको छ ।

Advertisement 1

दन्त चिकित्सा सम्बन्धित सबै पक्षलाई समेट्ने उद्देश्यसहित ललितपुरको गोदावरी सनराइज सम्मेलन केन्द्रमा मेला आयोजना हुने भएको हो । नेपाल दन्त सामग्री वितरक सङ्घका अध्यक्ष शालिग्राम अर्यालले मेलाले अस्पताल, क्लिनिक, प्रयोगशाला तथा सम्पूर्ण पेसाकर्मीलाई गुणस्तरीय औजार तथा सामान सहजताका साथ उपलब्ध गराउने बताए। उनले भने, “मेलामा नेपालसँगै विभिन्न देशका एक सय ब्राण्डका प्रतिनिधिको ७० कक्ष हुनेछ ।”

यही पुस २२, २३ र २४ गते सञ्चालन हुने मेलामा दन्त चिकित्सको सम्मेलनसमेत हुनेछ । एसोसियसनका केन्द्रीय सदस्य हरि वलीले नेपालका १३ र विभिन्न देशका पाँच दन्त चिकित्सकका विशेष सोधपत्रलगायत शैक्षिक प्रस्तुति हुनेछ भने । मेलामा देशभरबाट एक हजारभन्दा बढी चिकित्सक, विद्यार्थी तथा तीन हजार दन्त सामग्री वितरक सहभागी हुनेछन् ।

प्रकाशित :२०७९ पुष २१, बिहीबार १०:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम