डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता
सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । महान्यायधिवक्ता डा. दिनमणि पोखरेल सिफारिस भएका छन् । यस अघिका महान्यायधिवक्ता खम्बबहादुर खातीले राजीनामा दिएसँगै नयाँ सरकारका कानुनी सल्लाहकारको जिम्मेवारी डा पोखरेलको काँधमा आइपुगेको हो ।
Advertisement 1
महान्यायाधीवक्ताका आकाक्षीहरुमा बरिष्ठ अधिवक्ताहरु रामनारायण बिडारी, दिनमणि पोखरेल, तुलसी भट्ट र रमणकुमार श्रेष्ठमध्येबाट पोखेलले बाजी मारेका हुन ।पोखरेलले यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा काम गरेका थिए । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । आजै शीतलनिवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ ।
Advertisement 2