खुल्यो रसुवागढी नाका

कोरोना भाइरसका कारण चिनियाँतर्फबाट बन्द भएको रसुवागढी नाका आजदेखि सञ्चालनमा आउने भएको छ।
Advertisement 1

चीनको स्वशासित क्षेत्र तिब्बतमा लकडाउन हुँदा बन्द भएको रसुवागढी नाका मंगलबार बिहानबाट खुलेको छ । नाका खुलेसँगै केरुङमा रोकिएको व्यापारीका सामान आयात निर्यात भएको रसुवा भन्सार कार्यालयले बताएको छ ।
Advertisement 2

चीनको तिब्बत क्षेत्रमा कोरोना भाइरस जोखिम बढेको भन्दै गत साउन २५ गतेदेखि बन्द भएको रसुवागढी नाका आजदेखि खुल्ला हुने रसुवागढी भन्सार कार्यालयका प्रमुख नारायण भण्डारीले जनाकारी लिए । आजै सात वटा कन्टेनर चाइनातर्फ निकासी भएको व्यवसायी सुरेश थोक्रोले जानकारी दिए । नेपाली मुर्ती, बस्ने मुडा, नेपाली नरिवलबाट बनेको डबल आदि चाइनातर्फ निकासी भएको थोक्राले बताए ।
Advertisement 3
									
										प्रकाशित  :२०७९ पुष १२, मंगलवार १०:२९																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                