फेरि थपियो अर्काे कार्यदल,संयोजक तोकिए डा मीनबहादुर श्रेष्ठ

सरकारले फेरि अर्काे कार्यदल गठन गरेको छ । सार्वजनिक संस्थानहरूलाई सुधारका लागि विशेष कार्यदल गठन गरेको हो ।
Advertisement 1
क्याविनेटबाटै निर्णय गराएर सार्वजनिक संस्थाहरूको सुधारका लागि भन्दै फेरि अर्काे कार्यदल गठन गरिएको हो । सार्वजनिक संस्थानलाई सुधार गर्न भन्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय संस्थान सुधार सुझाव कार्यदल गठन गरिएको हो ।
उक्त कार्यदलमा यस अघि पनि यस्तै कार्यदलमा बसेर काम गरिसकेकी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेल,कानुन मन्त्रालयकी सह–सचिव निर्मला अधिकारी भट्टराई,विज्ञ सदस्यका रुपमा सीए कृष्ण आचार्य,पूर्व सचिव पूर्व सचिव रणबहादुर श्रेष्ठ र सदस्य सचिवको जिम्मेवारी उद्योग मन्त्रालयको संस्थान महाशाखा प्रमुखलाई खटाइएको छ ।
कार्यकक्ष भने अर्थ मन्त्रालय मातहतको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा तोकिएको छ ।