अब उपत्याकामा ३०, बाहिर ४० प्रतिशत मात्रै घरजग्गा कर्जा पाइने

नेपाल राष्ट्र बैंकले यस आर्थिक बर्षको मौद्रिक नीतिमार्फत घरजग्गा कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/ ०८० का मौद्रिक नीतिमा घरजग्गा कर्जामा कडाइ गरिएको हो ।
Advertisement 1
बैंक तथा वित्तीय संस्थाले घर जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालू बीचको अनुपात काठमाण्डौ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिनेछ ।
यो व्यवस्था अनुसार अब घरजग्गा धितो राखेर ऋण लिनेले काठमाडौं उपत्यकामा मूल्यको बढीमा ३० प्रतिशत र काठमाडौं उपत्यकाबाहिर ४० प्रतिशतसम्म मात्रै ऋण पाउने छन् ।
यसअघि उपत्यकामा ४० प्रतिशत र उपत्यकाबाहिर ५० प्रतिशतसम्म ऋण पाउने व्यवस्था थियो । भ्यालूएटरले चलनचल्ती र सरकारी मूल्यांकनलाई आधार बनाएर निकाल्ने कुल मूल्यबाट सो बराबरको ऋण पाइनेछ ।