जनार्दनको राजीनामा पछि को बन्ला अर्थमन्त्री :-नारायणकाजी कि बर्षमान ?

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन । अर्थमन्त्री शर्मामाथि संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताए। साथैं उनले छानबिन समितिलाई सघाउने प्रतिबद्धता पनि जनाएका छन् ।

Advertisement 1

शर्माले राजीनामा दिएसँगै नारायणकाजी श्रेष्ठलाई अर्थमन्त्री बनाउने सम्भावना रहेको माओवादी स्रोतले जनाएको छ । यस्तै पार्टीका महासचिबका रुपमा वर्षमान पुन अनन्तको नाम अगाडि बढाउन लागिएको माओवादीको सो स्रोतले जनाएको छ ।

यद्यपि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले संसदीय छानविन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने प्रतिक्रिया दिएका छन् उनले जनार्दन शर्माले अहिले छानविनका लागि मार्गप्रसस्त मात्रै गरेको बताउँदै आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने बताएका छन् ।

प्रकाशित :२०७९ असार २२, बुधबार १७:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम