सचिव घिमिरेले दिए राजीनामा

अनिवार्य अवकाशको साता दिन अघि सचिव चन्द्र कुमार घिमिरेले राजीनामा दिएका छन् ।
५८ बर्षे उमेर हदका कारण उनी आगामी ८ माघदेखि अनिवार्य अवकाश पाउँदै थिए ।
उनले बुधबार राजीनामा दिएका हुन् ।
घिमिरे उद्योग सचिवको रुपमा कार्यरत थिए ।
घिमिरे मुख्यसचिवको प्रवल दावेदार थिए । नियमित प्रक्रियाबाट नै बनाएको अवस्थामा लोक दर्शन रेग्मीपछि उनी मुख्यसचिव हुन्थे र करिब दुई वर्ष जति रहन्थे तर मुख्यसचिवमा शंकर दाश वैरागीले बाजि मारेपछि घिमिरेको मुख्यसचिव बन्ने बाटो बन्द भएको थियो ।
									
										प्रकाशित  :२०७७ माघ १, बिहीबार १५:१४																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								




 
                            
 
                            
 
                            
 
                            

