६ महिनापछि अनिवार्य अवकाशमा जान लागेका सचिव राय महालेखापरीक्षकमा सिफारिस
काठमाडौं । महालेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय सिफारिस भएका छन् । संवैधानिक परिष्दको आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गरेको परिषद्का एक सदस्यले जानकारी दिईन ।
महालेखापरीक्षकमा सिफारिस भएका सचिव राय ६ महिनापछि सचिवको पाँच वर्षे कार्यकालबाट अनिवार्य अवकाशमा जादैँ थिए । चार वर्ष अघि २०७६ भदौमा राय सहसचिवबाट सचिवमा बढुवा भएका थिए । रायसँगै राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पनि सचिवमा बढुवा भएका थिए ।
विगत १० महिनादेखि महालेखापरीक्षकको कार्यालय कार्यवाहक महालेखापरीक्षकको भरमा चल्दै आएको छ । तत्कालिन महालेखापरीक्षक टंकमणी शर्मा गत जेठ आठ गते सेवा अवधि पुरा गरेर अवकाशमा गएसंगै महालेखापरीक्षको पद रिक्त रहेको हो । महालेखापरीक्षक शर्मा अवकाशमा गएलगत्तै तत्कालिन उपमहालेखापरीक्षक राममाया कुंवरले गत जेठ आठ गतेदेखि गत साउन २२ गतेसम्म अढाई महिना कावा महालेखापरीक्षकको जिम्मेवारी पाएकी थिईन ।
साउन २२ गते कुवंर अनिवार्य अवकाशमा गएपछि काफ्लेले कावा महालेखापरीक्षकको जिम्मेवारी पाएका थिए । करिब ६ महिना काफेलेले कावा महालेखापरीक्षकको जिम्मेवारी पुरा गरेसंगै उनी पनि उमेर हदका कारण अनिवार्य अवकाशमा गएसंगै बामदेम शर्माले कावा महालेखापरीक्षकको जिम्मेवारीमा छन् ।
गत साउनमा नै रिक्त रहेका महालेखापरीक्षकसहित विभिन्न संवैधानिक निकायका विभिन्न पदका लागि संवैधानिक परिषद्को सचिवालयले आवेदन आह्वान गरेको थियो । जसमा महालेखा परीक्षकका लागि कार्यवाहक महालेखापरीक्ष, पूर्व कार्यवाहक महालोपरीक्षकसहित पूर्व सचिवसम्म गरेर १५ जनाले आवेदन दिइसकेका छन् ।
महालेखा परीक्षकको कार्यालयमा रिक्त रहेको ६ वर्षे कार्यकाल रहने संवैधानिक पदमा दरखास्त दिनेमा अहिले भर्खरै अनिवार्य अवकाशमा गएका कार्यवाहक महालेखापरीक्षक एवम महेश्वर काफ्ले, पूर्व कार्यवाहक महालेखापरीक्षक राममाया कुँवर र कार्यवाहक महालेखापरीक्षको भर्खरै जिम्मेवारी पाएका वामदेव शर्मा, नायव महालेखापरीक्षक वैकुण्ठबहादुर अधिकारी र चन्द्रकान्त भण्डारी रहेका छन् भने र पूर्व नायव महालेखापरीक्षक अशोक कार्की पनि रहेका छन् ।
आवेदन दिने बहालवाला सचिवमा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम राय, पूर्व सचिव गोपीनाथ मैनाली, रामप्रसाद थपलिया, हरि बस्याल, रामशरण पुडासैनी, शंकर खरेल र शिशिरकुमार ढुङ्गाना रहेका थिए । यस्तै चाटर्ड एकाउन्टेन्ट (सिए)तर्फबाट सुबोध कर्ण र हरि सिलवालको आवेदन दिएका थिए ।
प्रकाशित :२०८० चैत्र १८, आईतवार ११:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%