सशस्त्रका इन्स्पेक्टर डाक्टर सुजितलाई कारबाही गर्ने गृहको तयारी

सर्लाही हरिपूर्वा नगरपालिका वडा नम्बर ९ का सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजितकुमार साहलाई कारबाही गर्ने तयारी गरेको छ।
Advertisement 1
गृह मन्त्रालयले बलम्बुस्थित एपिएफ अस्पतालमा कार्यरत साह साहलाई कारबाही गर्ने तयारी गरेको हो । उनी वैशाख १३ गतेदेखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित रहेको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ।
पदीय जिम्मेवारी एवं आचरण विपरीत कार्य गरेको देखिएको भन्दै उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गृहको तयारी छ।
Advertisement 2

प्रकाशित :२०७९ असार २, बिहीबार ०९:५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













