शिक्षकहरुलाई नवनिर्वाचित मेयरको पहिलो निर्देशन :- कि राजनीति छाड वा मास्टरी

बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित प्रमुख दीपेश थारुले शुरुमै उत्कृष्ट निर्णय गरेका छन् । उनले पालिकाभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न भन्दै राजनीतिमा आवद्ध भएका शिक्षकलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् ।
थारुले पदभार ग्रहण गर्नासाथ पालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई परिपत्र गर्दै विभिन्न राजनीतिक दलको कार्यकारी पदमा आवद्ध रही शिक्षण पेशामा पनि रहको हुँदा जस्ले पठनपाठन अवरुद्ध हुने उल्लेख गर्दै यस्ता आचरण विरोधी काम तत्काल रोक्न निर्देशन दिए । यसबारे ७ दिनभित्र जानकारी दिन समेत उनले निर्देशन दिएका छन् ।
Advertisement 1
थारु लुम्बिनी प्रदेश सांसदबाट राजीनामा दिएर नगरपालिकाको प्रमुख पदमा भिडेका थिए । माओवादी केन्द्रबाट लडेका उनी काँग्रेसका उम्मेद्धार दीपकजङ्ग शाहलाई पराजित गर्दै विजयी भएका थिए । थारुले ९ हजार ८ सय ७ मत प्राप्त गरी विजयी भएका थिए । नगरपालिकाको मेयरमा निर्वाचित भएलगतै उनले सामुदायिक विद्यालयमा अध्ययनरत शिक्षकहरुलाई कि त शिक्षण पेशा त्याग्न वा राजीनामा दिन निर्देशन दिएका हुन ।
Advertisement 2
Advertisement 3


 
								

 
										




 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                