साढे दुई बर्षमा फेरिए तीन मन्त्री, ५ सचिव

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा स्थिर सरकार गठन गरेको २ वर्ष ९ महिनामा ३ जना सामान्य प्रशासनमन्त्री बदलिएका छन् । यस्तै ५ सचिवहरु परिवर्तन भएका छन् ।आफ्नो कार्यकालको यो २ बर्ष ९ महिना अर्थात झण्डै ३३ महिनाको अवधिमा ५ सचिवको अदल बदल भएका छन् । औषतमा एउटा सचिव सामान्य प्रशासनमा साढे ६ महिना मात्र टिकेका छन् ।

Advertisement 1


पहिलो चरणमै उनले लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका थिए । तर ती दुबै मन्त्रीहरु पहिलो चरणमै फालिए ।
त्यसपछि सामान्य प्रशासन मन्त्रालयको कमाण्डर बने हृदयेश त्रिपाठी । अस्ति मात्र उनलाई पनि त्यहाँबाट स्वास्थ्य मन्त्रालयतिर पठाइएको छ । र त्यहाँ दार्चुलाका सांसद गणेश ठगुन्नालाई मन्त्री बनाएर ल्याइएको छ ।
दिनेश थपलिया,सूर्य गौतम,यादव कोइराला,एकनारायण अर्याल गरी चार सचिवहरु परिवर्तन भइसकेका छन् ।
दिनेश थपलिया निवृत्त हुनु केही अघि राजीनामा दिन लगाएर उनलाई निर्वाचन आयोगतिर पठाइएको छ । त्यसपछि निमित्त खाए सुरेश अधिकारीले । झण्डै तीन महिना निमित्त चलाएर उनी प्रदेशतिर खटिए । उनी पछि आएका यादव कोइरालाले केही समय सामान्य प्रशासन मन्त्रालय चलाए । मन्त्रीसँग विमत्ति भए पछि उनी स्वास्थ्य मन्त्रालयतिर पुगे । त्यहाँ पनि लफडा परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय हुँदै अहिले पर्यटन मन्त्रालयतिर पुगेका छन् । उनी पछि सचिव बनेका सूर्य गौतम पनि लामो समय टिकेनन् । उनी अहिले सार्वजनिक खरिद अनुगमनको कार्यलय तिर पुगेका छन् ।
यस पछि हालै मात्र त्यहाँ काठमाडौं महानगरपालिकाबाट एकनारायण अर्याललाई तानिएको छ ।

प्रकाशित :२०७७ पुष १३, सोमबार १६:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry