अभिनेत्री प्रियंका कार्की सीआईबीको फन्दामा

डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेपछि अभिनेत्री प्रियंका कार्की केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को फन्दामा परेकी छन् ।
Advertisement 1
सामाजिक सञ्जालमा अभिनेत्री कार्कीले तस्बिरसहित क्रिप्टोकरेन्सीको विज्ञापन गरेपछि प्रहरीले आइतबार त्यसबारे बुझ्न ब्युरोमा बोलाएको हो ।
सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै अभिनेत्री कार्कीले भनेकी छिन्–‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’
Advertisement 2
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको र नेपालमा यसको कारोबार गर्नेलाई कडा कारबाही गरिँदै आएको छ ।
प्रकाशित :२०७८ चैत्र ६, आईतवार १८:२७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%