बालकोटले छान्यो निजामती कर्मचारीमा नयाँ नेतृत्व

अनेकन रस्साकस्सीका बीच एमाले निकट कर्मचारी संगठनले नयाँ नेतृत्व चयन गरेको छ । फेरि पनि अध्यक्षमा केदार देवकोटा नै दोहोरिन खोजे पनि उनको प्रयास अन्त्यमा बिफल भएको छ । आइतबारदेखि चलेको महाअधिवेशनले अध्यक्ष केदार देवकोटाको ठाउँमा लेखनाथ कोइरालालाई सर्वसम्मत चयन गरेको छ । एमाले फुट्नुअघि कोइराला माधवकुमार नेपालनिकट मानिन्थे ।
नेपाल निजामति कर्मचारी संगठनको ११ औ राष्ट्रिय अधिवेशन उपाध्यक्षमा माओवादीबाट आएका प्रभास साह चयन भएका छन् । यस्तै हिजोका दिनमा माधव नेपाल निकट भनेर चिनिएका रेवन्त गौतम र भवानी दाहाल छानिएका छन् भने महासचिवमा जीवन काफ्ले चयन भएका छन् । काफ्ले विराटनगरस्थित राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष हुन् । उपमहासचिवमा युवाचन्द्र घिमिरे, रामचन्द्र अधिकारी लगायत सर्वसम्मत छानिएका छन् । यस्तै कृष्ण बहादुर केसी, विजया सुवेदी उपमहासचिवमा छानिँदा सचिवमा देवेन्द्र ढकाल, वामदेव ओली, तेज प्रकाश भण्डारी, सुर्य बहादुर कुँवर, पुरुषोत्तम रायमाझी, विष्णु कुमारी अधिकारी छानिए भने कोषाध्यक्षमा गणेश प्रसाद आचार्य चयन हुँदा कार्यलय सचिवको जिम्मेवारी पदम बहादुर शाहीले पाएका छन् । एमाले निकट निजामती कर्मचारी संगठनमा १५१ सदस्यीय कार्यसमिति बनेको छ । जहाँ ५१ जना महिला अटाएका छन् । एमालेको चितवनमा सम्पन्न १० औं महाअधिवेशन,हालै पोखरामा सम्पन्न प्रेस चौतारीको नवौं अधिवेशनझैं निजामती कर्मचारी संगठनको महाअधिवेनमा समेत सर्वसहमतिका नाममा बालकोटले निर्देशन बमोजिम नामावली तयार गरिएको महाअधिवेशन प्रतिनिधिहरुले बताएका छन् ।

प्रकाशित :२०७८ फाल्गुन ३०, सोमबार २०:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम