कर्मचारीको साताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने

Advertisement 1
काठमाडौं उपत्यकामा सबै प्रकारको व्यसायीहरूले अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने कर्मचारीको साताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको शुक्रबारदेखि अर्को आदेश जारी नभएसम्म लागु हुने आदेशमा ‘सबै प्रकारका व्यवसायीहरूको अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरूलाई नियमति सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई दिन एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई काममा खटाउने’ भनिएको छ ।
Advertisement 2
योसँगै अब बैंक तथा वित्तीय संस्थाको काउन्टरमा बस्ने कर्मचारीले हरेक साता दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।
									
										प्रकाशित  :२०७८ माघ ७, शुक्रबार १२:०४																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

