५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

बढुवा सिफारिस समितिले थप ५ उपसचिवलाई सहसचिवमा बढसवाका लागि सिफारिस गरेको छ । समितिको सोमबार बसेको बैठकले प्राविधिक सेवातर्फका पाँच जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
Advertisement 1
जसमध्ये नेपाल कृषि सेवा भेटनरी समूहतर्फबाट डा टंक प्रसाद प्रसाई जेष्ठता र कार्यसम्पादन मूल्याकनमा आधारमा बढुवाका लागि सिफारिस भएका छन् ।
यस्तै नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूहतर्फबाट चार उपसचिव सहसचिव बढुवाका लागि सिफारिस भएका छन् । जसमध्ये कुमार थापा,शंकर पण्डित,शम्भु कार्की र रामेश्वर मरहठ्ठा रहेका छन् । उनीहरु चारै जना कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन ।
प्रकाशित :२०७८ पुष १३, मंगलवार १६:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%