राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सिन्धुपाल्चोकको चौतारामा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुपाल्चोक सदरमुकाम चौतारा साँगाचोकगढीस्थित शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा कार्यालय एवं एटिएम सेवाको विधिवत रुपमा समुदघाट्न गरेका हुन् ।

Advertisement 1

उक्त अवसरमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ कारोबार गर्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसँग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने बताए । उनले अबको युग डिजिटल प्रविधिको प्रयोग तर्फ गइरहेकाले डिजिटल बैंकिङ कारोबारबाट हुने जोखिमलाई न्यूनीकरण गर्दै डिजिटल बैंकिङमा जोड दिनुपर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै सरकारी नीति तथा कार्यक्रममलाई सघाउ पुग्ने गरी प्राथमिकताका साथ कार्य गरिरहेको बैंकले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Advertisement 2

कार्यक्रममा चौतारा साँगाचोकगढीका नगर प्रमुख अमानसिंह तामाङ, वडा नम्बर ५ का अध्यक्ष नरमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी वेद निधि खनाल, प्रतिनिधि सभाका सभामुखका स्वकीय सचिव सागर केसी, बैंकका विभागीय प्रमुख सरोज बस्नेत, उपप्रबन्धक जितेन्द्रसिंह थापा, शाखा प्रबन्धक रत्ना शाक्य, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, उद्योगी व्यवसायीहरू, कर्मचारीहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखहरू लगायत अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५५ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ छ

प्रकाशित :२०७८ कार्तिक १५, सोमबार १०:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम