५ सचिव रिक्त,को को छन् बढूवाका लाइनमा ?


राष्ट्रिय सूचना आयोगका सचिव मणिराम ओझाले गत बुधबार निजामती सेवाको बिशिस्ट श्रेणीको पदबाट अवकाश पाए । यस्तै राष्ट्रिय सतर्कता केन्द्रका सचिव ऋृषिराम शर्माले पनि उमेर हदका कारण अवकाश पाएसँगै एकै पटक ५ सचिव पद रिक्त हुन पुगेको छ ।
अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा एक,कृषि तथा पशुपक्षिं मन्त्रालय एक सचिवको दरबन्दी रिक्त छ ।
यस्तै नेपाल कानुन आयोग, राष्ट्रिय सतर्कता केन्द्र,राष्ट्रिय सूचना आयोग पनि नेतृत्व विहिन बन्न पुगेको छ । काठमाडौं महानगरपालिकामा सचिवको दरबन्दी कटौती भएका कारण ५ सचिव पद रिक्त छ । प्रशाशनतर्फ २ दरबन्दी रिक्त हुन पुगेको छ । प्राविधिक २ र कानुन सेवाको १ सचिव पद रिक्त हुन पुगेको छ ।

Advertisement 1

कृषितर्फ वरिष्ठताका आधारमा योगेन्द्र कार्कीले यसअघि नै अवसर पाइसक्नु पर्ने हो तर सिफारिश समितिले पटक पटक सिफारि गर्दा पनि उनी सचिव बन्नबाट छुट्दै आएका छन् ।

यस पटक उनको नाम एक नम्बरमा सिफारिश हुने निश्चित छ । वरिष्ठताका आधारमा उनले न्याय पाउनु पर्ने हो भन्नेहरुको ठूलो संख्या छ । मुख्यसचिव, विभागीय मन्त्री र प्रधानमन्त्रीले कार्कीलाई सचिव बनाउलान् भनेर आशा गर्नेहरुको संख्या पनि ठूलै रहेको छ । प्राविधिक तर्फको सचिव बन्ने रोलक्रममा कार्कीका अलावा गोविन्द शर्मा, निर्मलकुमार निर्मल, कृष्ण आचार्य लगायत रहेका छन् ।

Advertisement 2

ऋषिराज शर्माले अवकाश लिएसँगै रिक्त रहेको इञ्जिनियरिङ तर्फको सचिव पदमा बढुवा हुनका लागि वन तथा ऊर्ला मन्त्रालय, ऊर्जा आयोग, भौतिक पूर्वाधार मन्त्रालयका वरिष्ठ सहसचिवहरु दौडधूपमा लागेका छन् । प्रशासनतर्फको रिक्त तीन पदमा यसअघि पटक पटक सिफारिश भएर पनि निर्णय नभएका सहसचिव गोकर्णमणि दुवाडी, भरतमणि सुवेदी, सुमन अर्याललगायत पछिल्लो समय प्रदेश मन्त्रालयको सचिवबाट फर्काएका सहसचिवहरु छन् । रिक्त कानुन समूहको सचिव पदमा न्याय परिषद्ले सिफारिस गर्ने प्रावधान छ । तर रिक्त कुनै समुहको सचिब बढुवाकालागि सिफारिश अगाडी बढाइएको छैन ।कानुन समुह बाहेकको बढुवा समितिमा मुख्यसचिब सदस्य रहने प्राबधान रहेको तथा मुख्यसचिब शंकर बैरागी कोरोना संक्रमणका कारण उपस्थित हुननसक्ने भएकाले बढुवा समितिको बैठक बस्न नसकेको स्रोतको भनाइ रहेको छ ।

प्रकाशित :२०७७ कार्तिक २३, आईतवार १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry