१० बुँदे माग राख्दै यातायात व्यवसायीहरू आन्दोलनमा

यातायात व्यवसायीहरूले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन्।

Advertisement 1

भाडा समायोजन र सार्वजनिक सवारी साधन पञ्जिकरण, केभिड खोप, मौद्रिक नीति, २० बर्षे सवारी साधान, सार्वजनिक सवारी साधनको बमिा, सडक ऐन जस्ता १० बुदे माग राखेर व्यवसायीहरूले दोस्रो चरणको आन्दोलन सुरु गरेका हुन्।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घले यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, २० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बिमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरिवाना छुट लगायतका माग राखेको छ।

Advertisement 2

महासङ्घका अध्यक्ष डोलनाथ खनालले पहिलो चरणको आन्दोलनमा आफूहरूले पटक पटक मागका बारेमा सरकारको ध्यानाकर्षण गराए पनि नसुनेपछि बाध्य भएर दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताए।

भाडा समायोजन गर्दा वैज्ञानिक समायोजन नभएको, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको तथा यातायात मजदुरले अझै पनि सहज रूपमा कोरोना खोप पाउन नसकेको यातायात व्यवसायीको गुनासो छ।

प्रकाशित :२०७८ भाद्र २१, सोमबार ११:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry