१० बुँदे माग राख्दै स्वतन्त्र कर्मचारी अभियान सडकमा
स्वतन्त्र निजामती कर्मचारी संर्घष अभियानले लामो समयदेखि संसदमा अड्केको संघीय निजामती सेवा ऐनको खोजी गर्दै प्रर्दशनमा उत्रिएको छ ।
आज बिहान ११ बजे माइतीघर मण्डलामा प्रर्दशनमा उत्रिएका उनीहरुले प्रदेश वा स्थानीय तहमा समायोजन भएका शाखा अधिकृत,जस्लाई संघमा नै समायोजन गराउन सर्वाेच्चले दिएको अन्तरिम आदेशको कार्यन्वयन,यस्तै सर्वाेच्च अदालतको अन्तरिम आदेश र लोकसेवा आयोगद्धारा संघमा नै सिफारिस भइ आउने शाखा अधिकृतको व्यवस्थापन र दरबन्दी मिलान,प्रत्येक नगरपालिकामा योजना अधिकृत र लेखा अधिकृतको दरबन्दी सृजना तथा ओएण्डएम अनुसार पदपूर्तिको माग गर्दै उनीहरु प्रर्दशनमा उत्रिएका हुन् ।
उनीहरुले १० बुँदे माग गरि सारेका छन् ।
Advertisement 1
संयोजक पशुपति पोखरेलका अनुसार,आगामी २४ भदौंबाट संसदको अधिबेशन प्रारम्भ हुने भएका कारण निर्धारित अभियानका सम्पूर्ण कार्यक्रम अर्को निर्णय र सूचना नहुन्जेल सम्म स्थगित गरिएको छ ।