“मैले अहिले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो “:-प्रधानमन्त्री ओली
सञ्चारमाध्यमहरुमा हल्ला फैलिसक्यो मैले राजीनामा दिन लागें भनेर । तर,तपाईहरु बिचार गर्नुहोस,के अहिले मैले राजीनामा दिन मिल्छ ? मेरो लागि होइन् देशका लागि,मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो ।
त्यसकारण म राजीनामा दिनेवाला छैन् । म रहरले प्रधानमन्त्री भएको होइन, जनताका आवश्यकता र समर्थनले भएको हुँ, त्यसैले अहिले मैले राजीनामा दिने कुरै हुँदैन् ।यहाँ पुर्याएको जालझेल र तिकडमबाट होइन् । व्यापक जनसमर्थनबाट हो ।
Advertisement 1
त्यसकारण तपाईहरु ढुक्क हुनुहोस,यो सरकार यस्तो हुन्छ कि उस्तो हुन्छ कि फेरिन्छ कि चिन्ता नगर्नुहोस ।
हटाउनका लागि धेरैले धेरै पटक धेरै खालको चलखेल गरे । भित्र र बाहिर अनेक खालको प्रयास भए । त्यसप्रकारको प्रवृत्तिहरु छन् । त्यसबाट प्रभावित नहौं ।
यो अस्थिरताको खेती गरिरहने,देशलाई अस्थिरतातर्फ धकेल्ने केहीको आदत र एडिक्ट छन् । तिनीहरुलाई म के भनौं ?
Advertisement 2
(त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीको सम्बोधनको अंश )