नेपाल एसबिआई र आइसिएफसी फाइनान्सबीच सम्झौता

नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरूलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत आइसीएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबीआई बैंकमार्फत लेट र अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतामा नेपाल एसबीआइ बैंकका कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रकाशित :२०७८ भाद्र १३, आईतवार १९:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry