नाम निकालेका शिक्षकलाई नियुक्ति दिन अध्यक्षले मानेनन्, आफन्त राख्‍न उल्टै धम्की

दैलेखको चामुण्डावीन्द्रासैनी नगरपालिका २ को एक विद्यालयले राहत कोटामा नाम निकालेका शिक्षकलाई नियुक्ति नदिएर अल्झाएको छ।

Advertisement 1

बाँसठानामा रहेको भैरव माध्यमिक विद्यालयमा आफ्नी श्रीमतीलाई जागिर खुवाउन विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवीन्द्रकुमार कँडेलले जालझेल गरेका हुन्।५ चैत २०७७ मा विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सोही १० गते एक जना प्रावि राहत शिक्षकका लागि विज्ञापन आह्वान भएपछि १६ जनाको दरखास्त परेको थियो । दरखास्त दिएकामध्ये बाँकी १२ जना लिस्टबाट बाहिरिए । खगेन्द्र अधिकारी ८औँ नम्बरमा र अन्य तीनजना २३, ३४, र ३६ औँ नम्बरमा परे ।तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र कुमार कँडेलले आफ्नी श्रीमतीलाई उक्त राहत कोटामा राख्ने मनसायले हालसम्म पनि नियुक्ति नदिएको खगेन्द्र अधिकारीले बताए ।

Advertisement 2

नेपाल सरकारको प्रचलित नियमानुसार आठौँ नम्बरमा नाम भएर नियुक्ति पाउनु पर्ने हो, व्यक्तिगत स्वार्थका कारण नियुक्ति नदिएरै अल्झाइएको छ,’उनले भने,‘पहिले विज्ञापन गर्दा पनि विद्यालयले कसैलाई थाहै नदिएर आन्तरिक रूपमा विज्ञापन गरेका थिए,थाह पाएर दरखास्त दिएँ । अहिले नियुक्ति नदिएको ६ महिना भयो ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सोही विद्यालयमा बालविकास पढाइरहेकी आफ्नी श्रीमती नन्दा कँडेललाई राहत शिक्षकमा नियुक्त गर्न लोभ र दबाव दिएको शिक्षक अधिकारीको गुनासो छ । ‘कानुन अनुसार म त्यहाँ नियुक्त हुन योग्य व्यक्ति हुँ,अन्य प्रतिस्पर्धाभन्दा शिक्षक सेवा आयोगको आठौँ नम्बरमा नाम छ,’उनले भने,सबै पक्रिया र आधार हुँदा हुँदै पनि विव्यस अध्यक्षज्युले आफ्नी श्रीमतीलाई जागिर ख्वाउने नियतका साथ मलाई नियुक्ति नदिएर म माथि अन्याए भएको छ ।’

Advertisement 3

 

प्रकाशित :२०७८ भाद्र १३, आईतवार ०९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry