जन नमूना माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकद्धारा एक लाख पचास हजार आर्थिक सहयोग

Advertisement 1
ज्योति विकास बैंकले जन नमूना माध्यमिक विद्यालयलाई पिउने पानीकोलागि धाराको निर्माण र व्यवस्थापन गर्नका लागी आर्थिक सहयोग प्रदान गरेको छ।वीरेन्द्रनगर सुर्खेत, पिपल चौतारा वडा न.६ स्थित विद्यालयलाई बैंकले रु एक लाख पचास हजार बराबरको आर्थिक सहयोग गरेको छआर्थिक सहयोग प्रदान गरेको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकको सुर्खेत शाखाका शाखा प्रबन्धक जिवन जोशी, जन नमूना माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद कोइराला,प्रध्यानाध्यापक यामबहादुर श्रेष्ठ र वीरेन्द्रनगर वडा न. ६ सुर्खेतका वडा अध्यक्ष मोती प्रसाद कंडेलको उपस्थिति रहेको थियो। खानेपानी धाराको जडान पश्चात सो विद्यालयका विद्यार्थीहरु, समुदायका मान्छेहरु र आवतजावत गर्ने बटुवाहरुले शुद्ध खानेपानीको लाभ लिन सक्नेछन्।
Advertisement 2
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।