‘माधव नेपाल दक्षिणपन्थी पुँजीवादीसँग सहकार्य गरेर पद खोज्ने मानिस हुन्’: रावल

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नवगठित नेमपा (एकीकृत समाजवादी) पार्टीका संयोजक माधवकुमार नेपाललाई दक्षिणपन्थी पुँजीवादीसँग सहकार्य गर्ने व्यक्ति भएको सामाजिक सञ्जालमार्फत आरोप लगाएका छन् ।
Advertisement 1
नेता नेपाललाई यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएकोसमेत बताउँदै दक्षिणपन्थी पूँजीवादी नेपाली कांग्रेससँग सहकार्य गरी पदमा जान खोज्नेले एमालेलाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो’ उनले ट्विटरमा लेखेका छन् । ‘अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।’
प्रकाशित :२०७८ भाद्र ११, शुक्रबार ११:३१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%